News Portal

२५ मिटर भत्काउने विषयमा प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिका किन खेल्दैछन् जुहारी ?

भूगोल संवाददाता
९९६ पटक

मकवानपुर । वर्षैदेखि मानववस्ती भन्दै सडक विस्तारलाई रोक्कै आएको हेटौंडा बजार भत्काउने विषयमा प्रदेश–३ को सरकार र हेटौंडा उपमहानगरपालिका बीच जुहारी चल्दै आएको छ ।

राप्तीपुल पारिसम्म राजमार्गको दायाँबायाँ २५\२५ मिटर सडकका लागि जग्गा छोडिएको छ । अमलेखगञ्जसम्म पनि सडक फराकिलो भइसकेको छ । तर हेटौंडा बजार क्षेत्रमा विभिन्न बहानामा राजमार्गलाई फराकिलो बनाउनलाई रोक्ने काम भइरहेको छ । एसियन हाईवे अन्र्तगत अन्य शहर र स्थानमा सडक फराकिलो बनाउने काम भएपनि हेटौंडामा भने पटकपटक ‘राजनीति’ हुँदै आएको छ ।

अहिले हेटौंडामा राजमार्गको दयाँबायाँ २५|२५ मिटर भत्काउने विषय अदालतमा विचाराधिन अवस्थामा रहेको छ । राजमार्ग दायाँबायाँका सर्वसाधारणले मुआब्जा दिएर मात्र भत्काउनु पर्नेमा राज्यले व्यक्तिको सम्मत्तीमा जर्वजस्ती गरेको भन्दै अदालतमा रिट दायर गरेका छन् । अदालतले हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको विषयमा कुनै फसैला गरेको छैन ।

अदालतमा २५ मिटर सडक विस्तारको रिट कायम रहेपनि प्रदेश–३ सरकार र हेटौंडा उपमहानगरपालिका बीच लामो समयदेखि जुहारी चल्दै आएको छ । प्रदेश सरकारकार मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै सक्रियतामा हेटौंडा बजार क्षेत्रमा १६÷१६ मिटर मात्र सडक विस्तारका लागि केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गराएका छन् ।

उनले २५ मिटरको ठाउँमा १६ मिटर मात्र भत्काउने निर्णय मात्र गराएनन् । अहिलेसम्म हेटौंडामा सडक विस्तार आफैंले रोकेको गर्वका साथ दाबी समेत गरे । प्रदेश सरकारको आग्रह माथि केन्द्र सरकारले हालसम्म कुनैपनि निर्णय गरेको बाहिर आएको छैन ।

प्रदेश सरकारको निर्णयलाई स्थानीय सरकार हेटौंडा उपमहानगरपालिकाले भने चुनौती दिइरहेको छ । मेयर भएदेखिनै सडक विस्तारको पक्षमा उभिएका हरिबहादुर महतले २५ मिटर नै सडक विस्तार हुनुपर्ने अडान राख्दै आएका छन् । उनले केन्द्र र प्रदेश सरकारले नसक्ने भए बजार क्षेत्रमा २५\२५ मिटर सडक विस्तारको जिम्मा आफुलाई दिन सार्वजनिक रुपमै चुनौती दिइरहेका छन् ।

मुख्यमन्त्री पौडेलले बाइपासलाई राजमार्गको रुपमा विकास गरेर बजार क्षेत्रमा १६|१६ मिटर भत्काउने प्रस्ताव गर्दा पनि मेयर महत भने २५ मिटरको विकल्प नभएको बताउँदै आएका छन् । उनले प्रदेश सरकारले गरेको निर्णयले झन अन्यौलता थप्ने काम गरेको आरोप लगाए । बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनको ठूलो समस्या आइसकेको उल्लेख गर्दै मेयर महतले सडक विस्तारको काममा ढिलाइ गर्ननहुने बताए ।

हेटौंडामा २५ मिटर सडक विस्तार आवश्यक रहेको भन्दै प्रधानमन्त्रीलाई समेत प्रस्ताव पेश गरेका मेयर महत अन्य विकल्प दीघकालिन नहुने बताउँछन् । यसमा राजनीति गर्नेभन्दा पनि आवश्यकतालाई हेरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

तर वर्षैदेखि २५ मिटर रोक्दै आएका मुख्यमन्त्री पौडेल आफुले भनेको नै हुनेमा विश्वस्त देखिन्छन् । प्रदेश र स्थानीय सरकारको जुहारी देख्दा सडक विस्तारको विषयमा समन्वय र छलफल नभएको पुष्टि हुन्छ । देशका अधिकाश भागमा सडक विस्तार भइसक्दा अब पनि हेटौंडालाई ‘ मानववस्ती’ भन्दै कति दिन रोक्न सकिएला ?

२०७५ चैत २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...