News Portal

दाल भात तरकारी शुद्ध नेपाली कथाको फिल्मः हरिवंश आचार्य

भूगोल संवाददाता
९१ पटक

मकवानपुर । दाल भात तरकारी शुद्ध नेपाली कथामा निर्माण भएको चलचित्र भएको कलाकार हरिवंश आचार्यले बताएका छन् । चलचित्रको प्रचारप्रसारका लागि देश दौडाहामा निस्केको टोलीले आज हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार आचार्यले चलचित्र शुद्ध नेपाली कथामा निर्माण भएकाले सबैले हेर्नुपर्ने बताए ।

मह सञ्चारको व्यानरमा निर्माण भएको चलचित्र दाल भात तरकारीका मुख्य कलाकार समेत रहेका आचार्यले नेपाली चलचित्र उद्योगको बजारमा बल गर्नुपर्ने अवस्थामा रहेको छ । सोही अनुरुप हामीले प्रचारपसारमा बल गरेर देश दौडाहामा हिडेको बताए ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै कलाकार आचार्यले पूर्वबाट यात्रा सुरु गरेर आज प्रदेश ३ को राजधानी हेटौंडामा आइपुगेको बताए । पत्रकार सम्मेलनमा चलचित्र प्रस्तुतकर्ता किरण केसीले पोष्टर सार्वजानिक गरेका थिए । सार्वसानिक गर्दै केसीले शत्रु गते भन्दा उत्कृष्ट चलचित्र बनेको बताए । ५१ दिन छांयाकन गरेको यस चलचित्रमा २ करोड भन्दा माथि लगानी रहेको केसीले बताए ।

हेटौंडामा पोष्टर सार्वजानिक र २९ गते चितवनबाट चलचित्रको टे«लर रिलिज गरिने केसीले बताए । पत्रकार सम्मेलनमा चलचित्रका कलाकार शिवहरि पौड्याल, आँचल शर्मा लगायतकाले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारीलगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

चलचित्रमा कलाकार हरिबंश आचार्यको गीत लेखन तथा कथा लेखन रहेको छ । बैशाख २० गते प्रदर्शन हुने दालभात तरकारीलाई सुधन केसीले निर्देशन गरेका हुन्, ।

२०७५ चैत २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...