News Portal

नेकपामा एकता टुंगो लगाउने कसरत, नेपाल समूहको असन्तुष्टि कायमै

भूगोल संवाददाता
६६ पटक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल) बीच चन्द्रागिरि हिल्समा आवासीय बैठक शुक्रबार बिहान सकिएको छ । र, बैठकले १० महिनादेखि अवरुद्ध एकता प्रक्रियालाई निकास दिने आकलन गरिएको छ ।

“दुई अध्यक्षले गृहकार्य गरिराख्नुभएको छ, सम्भवतः ब्रेक थ्रु हुन्छ,” प्रधानमन्त्री निकट स्रोतले भन्यो । स्रोतका अनुसार केही दिनदेखि प्रधानमन्त्री ओली एकता जसरी पनि टुंग्याउनुपर्ने पक्षमा देखिएका छन् ।

एकीकरण नटुंगिँदा पार्टी चलायमान पनि नबनेको र असन्तुष्टिको स्वर झाँगिदा सरकारका राम्रा काम पनि आधारभूत तहमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री चिन्तित छन् । र, उनले जसरी हुन्छ, एकता प्रक्रिया टुंग्याउन चाहेका छन् ।

पार्टी एकताका लागि गठित कार्यदल सफल बन्न नसकेपछि र असन्तुष्टि साँघुर्‍याउन नसकेपछि अध्यक्षद्वयले नै तदारूकता देखाएर एकता टुंग्याउने तयारी गरिरहेको र त्यसलाई अन्तिम रूप दिन नेताहरु चन्द्रागिरि पुगेको बालुवाटार स्रोत बताउँछ ।

अध्यक्षद्वयले जिल्ला नेतृत्वको बाँडफाँटको सूची तयार पारेर सचिवालयमा ल्याउन सक्छन् । कार्यदल विघटन गरिएको अवस्थामा सचिवालयको कार्यक्षेत्रभित्रकै कुरा हो यो ।

तर, ५ असोजको बैठकमा जस्तै सचिवालयले टुंग्याउन नहुने अडान वरिष्ठ नेता माधव नेपाल समूले दोहोर्‍याएको छ । पार्टीको स्थापित विधि, पद्धति, मूल्य–मान्यता विपरित गएर पार्टी अध्यक्षद्वयले सर्कुलर नै जारी गरे देशभरि समानान्तर संगठन निर्माण गर्ने भनेर अर्को सूची नेपाल पक्षले तयारी हालतमा राखेको छ ।

पछिल्लो समय नेकपामा तीव्र ध्रुवीकरण बढेको छ । अध्यक्षद्वय, महासचिव र गृहमन्त्री एक ठाउँमा उभिएका छन् । नेपाल, झलनाथ खनाल र वामदेव गौतमको भिन्न विचार र दृष्टिकोण रहँदै आएको छ ।

आफूहरूले तयार पारेको एकीकरण प्रस्तावबारे शीर्ष नेतालाई एक्लाएक्लै बोलाएर मनाउने प्रयास पनि अध्यक्ष ओलीले गरेका थिए । आइतबार वामदेव गौतमलाई बोलाएर अध्यक्ष ओलीले एकताकै बारेमा कुराकानी गरेका थिए ।

भेटमा वामदेवले ‘मसँग कुरा गरेर समाधान ननिस्कने र समस्या माधव नेपालसँग रहेको’ बताएको स्रोत  बताउँछ । उनले अध्यक्षद्वय र नेपाल बसेर निर्णय गर्नुपर्ने र त्यो पार्टी निर्णय हुने सुझाव दिएको स्रोतको दाबी छ । त्यहीदिन बेलुका पाँच बजे नेता नेपाललाई भेटका लागि निम्तो दिएका थिए । तर, नेपाललाई रुघाखोकीले च्याप्यो । अस्पताल भर्ना हुन पुगे । त्यसपछि थप कुराकानी हुन पाएन । अहिले नेपाल घरमै आराम गरिरहेका छन् ।

बिहीबार राति एकता प्रक्रियाको काम टुंग्याउन भन्दै अध्यक्षसहित चार नेता चन्द्रगिरि पुगेपछि नेता नेपाल समूह सशंकित बनेको छ । नेकपा निकट एक केन्द्रीय सदस्य भन्छन्, “सचिवालयका चारजना नेता सँगै बसेर वर्कवाउट गर्न खोजिएको होला, त्यसो भयो भने प्रस्ताव परिपक्व हुन्छ । किनभने दुई नेता विगतमा गठन गरेको कार्यदलका सदस्य पनि हुनुहुन्छ । तर, निर्णय नै गर्ने तयारी हो भने, त्यो दुर्भाग्य हुन्छ । त्यसले पार्टीलाई देशव्यापी विग्रह ल्याउँछ ।”   फाइल तस्वीर

२०७५ चैत २९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...