News Portal

आफ्नो यौन जीवनबारे अविवाहित नायिका दीपाश्री निरौलाले खोलिन यस्तो अनौठो रहस्य

भूगोल संवाददाता
१७६३ पटक

काठमाडौं । अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अविवाहित भएपनि यौन आनन्द लिइरहेको बताएकी छिन् । उनले यौन आनन्द लिनबाट आफू पछाडि नरहेको बताइन् ।पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन कार्यक्रममा दीपाले विभिन्न साधनमार्फत यौन आनन्द लिइरहेको बताइन् ।

‘अहिलेको वैज्ञानिक युगमा यौन आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौन आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘सेक्स गर्न विवाह नै हुनु पर्दैन ।’तपाईको विवाह दीपक गिरीसँग कहिले हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा अभिनेत्री दीपाले भनिन्, ‘मेरो विवाह नै हुँदैन । दीपकसँग विवाह हुँदैन ।’

दीपाले समाजले दियो भने दीपक गिरीसँग आफ्नो विवाह हुने बताइन् । ‘कानून र समाजले गर्दा दीपक गिरीसँग मेरो विवाह हुँदैन’, उनले भनिन्, ‘समाजले दियो भने मात्रै दीपकसँग विवाह हुन्छ ।’निर्देशक दीपाले छक्का पञ्जा फिल्मको सिक्वेल अब नबनाउने बताइन् । ‘छक्का पञ्जाको सिक्वेल नबनाउने भनेर सोँच बनाएका छौँ’, उनले भनिन्, ‘हाम्रो टिममा सल्लाह हुँदै छ ।’

राजनीति प्रवेशका बारेमा पनि दीपाले प्रस्ट पारेकी छिन् । ‘म जीवनमा राजनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँच छैन ।’ तपाई कम्युनिस्ट हो भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘म कुनै पनि पार्टीको होइन ।’

२०७५ चैत २९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...