News Portal

सिंगापुरमाथि नेपालको सानदार जीत, कति रनले हार्‍यो सिंगापुर

भूगोल संवाददाता
४९ पटक

काठमाडौं । नेपालले ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दैै प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै २८२ रनको योगफल खडा गरेको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण ६५ रनमा सीमित रह्यो ।

सिंगापुरलाई सस्तोमै समेट्न पवन शर्राफले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका उनले मात्र पाँच रन दिएका थिए । त्यस्तै कुशल मल्ल र सुर्य तामाङले दुई–दुई विकेट लिए । रशिद खानले एक विकेट हात पारे ।

कसिलो बलिङ गरेका नेपाली बलरहरुले १२ ओभर मेडन राखेका थिए । पवन शर्राफ एक्लैले पाँच ओभर मेडन राखे । कुशल मल्लले तीन, सुर्य तामाङले दुई र रशिद खान तथा सागर ढकालले एक–एक ओभर मेडन राखे ।

सिंगापुरका लागि इशान सवनेले २८ र साइ भेनुगोपालले १८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि नेपालका लागि रोहितकुमार पौडेलले कप्तानी पारी खेल्दै ९५ रन बनाए । त्यस्तै रशिद खानले ४८ र पवन शर्राफले ४७ रन बनाएका थिए ।

यसैबीच नयाँ वर्षको अवसर पारेर अत्तरियामा आयोजना भएको एभरेष्ट एकेडेमी गोदावरी म्याराथनको उपाधि नेपाली सेनाका मोहनदेव जैशीले हात पारेका छन् । उनले अत्तरियादेखि गोदावरीसम्मको झण्डै ७ किलोमिटरको दुरी २९ मिनेट ९ सेकेण्डमा पुरा गरेका हुन् ।

जैशीलाई नगद २० हजार १ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । दोस्रो स्थानमा नेपाली सेनाकै सुशिलकुमार शाही रहे । उनले उक्त दुरी २९ मिनेट २० सेकेन्डमा पुरा गर्दै नगद १० हजार १ हात पारे । तेस्रो स्थानमा भने अत्तरियाका सुनिल सुनार रहे । उनले ५ हजार १ रुपैयाँमा चित्त बुझाए ।

अत्तरिया जेसिस र लाइन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक म्याराथनको आयोजना गरिएको हो । गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउदले म्याराथन उद्घाटन गरेका थिए ।

अत्तरियाबाट शुरु भएको म्याराथन गोदावरी कुम्भ बाटिकामा पुगेर समापन भएको थियो । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको प्रचार प्रसार गर्न र युवाहरुलाई स्वस्थ रहन प्रेरित गर्न म्याराथन आयोजना गरिएको अत्तरिया जेसिसका खेल संयोजक रबेन्द्र खनालले जानकारी दिए ।

२०७५ चैत २९ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...