News Portal

२०७५ मा प्रदेश–३ : स्थापितको बर्खास्ती, दुलालको तालाबन्दीदेखि २५ मिटरमा राजनीतिसम्म

भूगोल संवाददाता
२५२ पटक

मकवानपुर । २०७५ साल हामी बीचबाट बिदा हुँदैछ । नयाँ वर्ष २०७६ को आवगमनको सबैतिर हर्षोल्लास सुरु भएको छ । नेपालमा नयाँ वर्षलाई चाडपर्व जस्तै गरी मनाउने चलन रहेको छ । परिवार, आफन्त भेटघाट हुने, नयाँ स्थानमा घुम्न जानेलगायतका काम गरेर नयाँ वर्ष मनाइन्छ । विद्यालयहरु बिदाको समयमा पर्ने भएकाले पनि घुम्नका लागि सहज भएको छ ।

नयाँ वर्षलाई स्वागत गर्दैगर्दा पुरानो वर्षलाई पनि समिक्षा गर्नु आवश्यक छ । बिताएको वर्ष सफल भयो कि भएन् । आँटेका, सोचेका काम तथा योजनालाई निष्कर्षमा पुर्याइयो कि पुर्याइएन यो अन्तिम समयमा समिक्षा गर्नु पर्दछ । यसले नयाँ वर्षमा कसरी काम गर्ने, योजना कसरी निर्माण गर्ने र पुरा गर्ने, पुराना वर्षमा भएका कमजोरीलाई कसरी नदोहोर्याउनेलगायतका फाइदा पुग्न सक्छ ।

२०७५ मकवानपुरका लागि अवसर र चर्चाको केन्द्र बन्यो । प्रदेश–३ को अस्थायी राजधानी मकवानपुरको हेटौंडामा तोकिएपछि यसले देशव्यापी चर्चा पायो । मकवानपुर आफैंमा आर्थिक, सांस्कृतिक, भौगोलिक हिसाबले सधैं चर्चामा रहेको जिल्ला हो । मकवानपुरमै रहेको प्रदेश सरकारको कामले झन धेरै चर्चा बटुल्न सक्यो । २०७४ को अन्तिम तथ २०७५ को पूर्व सन्ध्यामा प्रदेश–३ ले प्रदेशसभा सञ्चालनदेखि मुख्यमन्त्री र मन्त्रीहरु च्यन गरेर चर्चा बटुल्यो ।

देश संघीय प्रणालमिा गएपछि स्थापना भएको प्रदेश मध्ये ३ नम्बर प्रदेशले सबैभन्दा पहिला सभा सञ्चालन सभामुख, उपसभामुख, मुख्यमन्त्री र मन्त्रीहरुको चयन गरेर चर्चामा रह्यो ।प्रदेशसभा सञ्चालनको जिम्मा पनि मकवानपुरकै सांसदले पाएका थिए । जेष्ठ सदस्यको हैसियतले मकवानपुरका डोरमणि पौडेलले सभा सञ्चालन गरेका थिए ।

उनै पौडेल पछि मुख्यमन्त्री बन्न सफल भएपछि सबैको ध्यान मकवानपुरले खिच्न सफल भएको थियो । यही क्रममा हेटौंडा उपमहानगरपालिकाले प्रदेश–३ का सांसदलाई सस्तोमा घडेरी उपलब्ध गराउने घोषणा गर्यो । जुन २०७५ सालमा पनि चर्चाको विषय बन्यो ।
मुख्यमन्त्री पौडेलसँग टकराव गर्दा भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको पद नै गुम्यो ।

यो पनि चर्चाको विषय बन्यो । मुख्यमन्त्रीसँग भनाभनमा उत्रिएका स्थापित मन्त्री पद खुस्किएपछि कुल देखिएका छन् । उनले सोही समयमा मिटुको समेत सामना गर्नुपर्यो । वर्षको अन्तिममा आइपुग्दा सामजिक विकास मन्त्री युवराज दुलालले आफ्नै मन्त्रालयको सचिवको कार्यकक्षमा तालाबन्दी गरेर देशव्यापी चर्चा कमाए । जुन घटना अहिले पनि सेलाएको छैन ।प्रदेश सरकारले निर्माणको घोषणा गरेको भीमफेदी–कुलेखानी सुरुङमार्गले पनि चर्चा पायो ।

नेपाल पूर्वाधार कम्पनीले निर्माण जिम्मा पाएपनि अलपत्र रहेको सुरुङमार्ग प्रदेश सरकारले निर्माण गर्ने निर्णयले देशव्यापी चर्चा पायो । तर यो चर्चामा मात्र सिमित भयो । न कम्पनीले निर्माण गर्यो न प्रदेश सरकारले ।

यसैगरी प्रदेश सरकारले हेटौंडा बजार क्षेत्रका राजमागएको दायाँबायाँ २५\२५ मिटर भत्काउने प्रकरणमा पनि चर्चा कमायो । एसियन हाइवेको मापदण्ड अहिले भएको सडकको दयाँबायाँ २५\२५ मिटर भत्काउनु पर्ने भएपनि प्रदेश सरकारले अब १६ मिटर मात्रै भत्काउनका लागि केन्द्र सरकारलाई पत्राचार गर्यो । यो विषय पनि २०७५ को चर्चाको विषय बन्यो ।

सम्भावना नै नरहेको विषयमा समय खेर फालेर प्रदेश सरकारले चर्चा मात्र कमाउने खोजेको प्रतिक्रिया अहिले आइरहेको छ । प्रदेश सरकारले १६ मिटर भत्काउन केन्द्र सरकारलाई पत्राचार गरेपनि हेटौंडा उपमहानगरपालिकाले भने २५ मिटर नै भत्काउन प्रधानमन्त्रीलाई नै पत्राचार गरिसकेको छ । मेयर हरिबहादुर महत अहिले पनि २५ मिटरको विकल्प नभएको बताउँदै छन् । उनले केन्द्र र प्रदेश सरकारले नसक्ने भए आफुलाई जिम्मा दिन चुनौती दिंदै आएका छन् । जुन २०७५ मा चर्चाको विषय बन्यो ।

प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुविधा लिएको विषयले पनि २०७५ मा चर्चा कमाउन सफल भयो । मुख्यमन्त्री कार्यालय र आफ्नै मन्त्रालयबाट इन्धन लिने गरेको भन्दै समाचार प्रकाशित भएपछि देशव्यापी चर्चा भयो । जनु समाचार विरुद्ध आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले त एक महिना बढी सार्वजनिक कार्यक्रममा खण्डन र पत्रकारलाई गाली नै गरे । जसले गर्दा पनि यो विषयले झन चर्चा पायो । पछि यो विषयमा अध्ययन प्रदेश सरकारले गर्न टोली नै गठन गर्यो ।

प्रदेश–३ का मुख्यमन्त्री पौडेलले हेटौंडा बजार क्षेत्रको एकमात्र खाली सार्वजनिक जग्गा हुप्रचौरमा प्यारपिट बनाउने घोषणले पनि चर्चा पायो । मुख्यमन्त्रीको घोषणासँगै सर्वसाधरणले विरोध गरेपछि यसको चर्चा बढेको हो । सर्वसाधारणको विरोधले गर्दा प्रदेश सरकार यो निर्णयमा अगाडि बढ्न सकेको छैन ।प्रदेश सरकारले चीनबाट गाई ल्याउने र किसानलाई दिने निर्णयले पनि चर्चा कमायो ।

यो निर्णय गरेसँगै यसले देशव्यापी चर्चा पायो । यसको चर्चासँगै सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रिया सरकारले भोग्नु पर्यो । किसानसँग सरोकार निकायले सरकारको निर्णयले किसानलाई नै मार पर्ने भन्दै विरोध गरे । प्रदेश–३ मा २०७५ साल भरी नै चर्चामा रहेको अर्को विषय हो स्थायी राजधानी । यो विषयले व्यापक चर्चा पाएपनि निष्कर्ष निसकन भने सकेन ।

प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा चर्को बहस भएपनि टुंगो लाग्न सकेको छैन । २०७५ साल भरी प्रदेशसभा र बाहिर स्थायी राजधानीको विषयले व्यापक चर्चा पायो ।

२०७५ चैत ३० गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...