News Portal

मलेसियालाई नेपालले ८ विकेटले हरायो

भूगोल संवाददाता
४८ पटक

काठमाडौं । नेपालले यू-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको छ ।

मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ । नेपालका लागि ओपनर रित गौत्तमले अविजित ३९ रन बनाए । आशिफ शेखले २६ रन बनाउँदा अर्का ओपनर पवन सर्राफ १९ रनमा आउट भए ।

यसअघि आयोजक मलेसियाले बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गर्दै ३३.५ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो ।

मलेसियाका तीन जना खेलाडी बाहेक अन्यले दोहोरो अंक पनि बटुल्न सकेन । लेजात ड्यानियल फिक्रीले ३७ रन बनाए । कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा हकिम हरिसानले १० रन बनाए ।

बलिङतर्फ नेपालका पवन सर्राफ र कुशल मल्लले समान ३-३ विकेट लिए भने कमलसिंह ऐरीले दुई विकेट लिए ।

यूएईको लगातार तेस्रो जित

अर्को खेलमा भने यूएईले कुबेतविरुद्ध सात विकेटले जित हात पारेको छ । ५७ रनको सामान्य चुनौती पाएको यूएईले ८ ओभरमै तीन विकेटको क्षतिमा खेल आफ्नो पक्षमा पारेको हो ।

यूएईले कुबेतलाई फराकिलो अन्तरले पराजित गरेसँगै नेपालको विश्वकप पुग्ने यात्रा झनै कठिन बनेको छ । पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वषर्ा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुनका लागि अब नेपालले बाँकी सबै खेल जितेर मात्रै हुँदैन । युएईले पनि कुनै एक खेल हार्नुपर्ने हुन्छ । तर, यूएईले खेल्न बाँकी दुबै टिम कमजोर भएकाले नेपालको विश्वकप सपनामा धक्का लाग्ने खतरा छ ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...