News Portal

निर्माणकै क्रममा भत्कियो तीन करोडको पुल

भूगोल संवाददाता
६८ पटक

बुटवल । गुल्मीको बडिगाढ खोलाको पक्की पुल भत्किँदा पाँच जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नं ३ र वडा नं ७ जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको हो ।

पुल भत्किएपछि च्यापिएर निर्माण व्यवसायी कृषिराम इटानी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दिपक कुमार बस्नेतले बताए । त्यस्तै मुसिकोट नगरपालिका ३ का २३ वर्षका राम बहादुर कुमाल, ३३ वर्षका गणेश कुमाल, वडा नं ४ का ५१ वर्षका रुद्र बहादुर कार्की र बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ का जेसिवी चालक तुल बहादुर राना घाइते भएका छन् ।

वाइटी जय बुद्ध कन्ट्रक्सनले निर्माण गर्दै गरेको ५५ मिटर लामो पुल बडिगाढ खोलामा आएको बाढीले भत्काएको मुसिकोट नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले जानकारी दिए । सो पुल ढलान गरेको दुई दिनपछि भत्किएको हो । ५५ मिटर लामो पुल बिचमा पिल्लर नराखी बन्दै गरेको थियो ।

मुसिकोट नगरपालिकाकी उपप्रमुख कमला गौतमले बाढीका कारण पुल भत्केको नभई संरचना कमजोर भएका कारण भत्केको बताइन् । ‘पुल आइतबार दिउँसो ढलान गरेर सकिने बेलामा भत्केको हो, बाढी बेलुका ५ बजेतिर आएको हो, भत्केपछि आएको बाढीले पुलका सामग्री बगाएको हो’, उनले भनिन् ।

सो पुल ०७३ सालमा सम्झौता भएर गत वर्षदेखि निर्माणको काम भइरहेको प्रवक्ता काफ्लेले बताए । सो पुलको लागत तीन करोडभन्दा बढि
छ ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...