News Portal

बिमारीको सहजताका लागि आँखा अस्पतालमा म्यानेजमेन्टले गर्यो ईलेक्ट्रोनिक टोकन मेशिन सहयोग

भूगोल संवाददाता
१६७ पटक

मकवानपुर । हेटौडा स्कुल अफ म्यानेजमेन्टले हेटौडा सामुदायिक आँखा अस्पताल हेटौडामा विरामीहरुको आँखा जाँचको लागि सहज एवम् वैज्ञानिक व्यवस्थापन गर्नकोलागि करिव २ लाख बरावरको क्यू म्यानेजमेन्ट सिस्टम सहतिको ईलेक्ट्रोनिक टोकन मेशिन सहगोग गरेको छ ।

नव वर्ष २०७६ को शुभ अवसरमा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशीले अस्पताल प्रमुख सुनिल थकालीलाई आज उक्त मेशिन हस्तान्तरण गरेका हुन् । प्रचार्य जोशीले आ“खा अस्पालले आँखा स्वास्थ्यमा गरेका क्रियाकलापहरुले आफू निकै प्रभावित भएर सहयोग गरेको बताए । आँखा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न अझ आफू तत्पर रहेर अस्पतालसंग सहयकार्य गरेर भविष्यमा अझ सहयोग गर्दे जाने पनि जोशीले बताए ।

अस्पताल प्रमुख थकालीले विरामीलाई सकेसम्म छिटो एवम् कम झन्झटिलो सेवा प्रदान गर्ने हाम्रो अभियानमा यस मेशिनले थप सहयोग गर्ने बताए । अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले पहिला सामान्य तरिकाले विरामीलाई टोकन प्रदान गरीदै आएकोमा रियल टाईम सोलुशन प्रा.लि.काठमाण्डौको उपकरण जडान गरिएको बताए । क्यू म्यानेजमेन्ट सिस्टम सहतिका तीनवटा काउन्टर भएको मेशिन जडान गरिएपछि वैज्ञानिक तरिकाले सेवा प्रदान गर्दा विरामीहरु लामो समयसम्म उभेर बस्नु नपर्ने र आफ्नो पालो आएपछि नाम दर्ता गर्न सहज हुने गरेकोे श्रेष्ठले जानकारी दिए ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...