News Portal

ढकाल बन्धु समाजले वनसखण्डीमा बनायो भवन

भूगोल संवाददाता
५९ पटक

मकवानपुर । ढकाल बन्धु समाजले बनस्खण्डी मन्दिर परिसरमा एक कोठे भवन निर्माण गरेको छ । समाजले निर्माण गरेको भवन आज एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको छ ।

ढकाल बन्धु समाजले बनस्खण्डी मन्दिर परिसरमा करिब चार लाख लगानीमा निर्माण गरेको उक्त भवन नयाँ बर्षको अवसरमा हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बिष्णुप्रसाद ढकालबाट मन्दिर समितिका अध्यक्ष राममान श्रेष्ठलाई भवन उद्घाटनपश्चात चाबी हस्तान्तरण गरिएको थियो ।

भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम ढकाल बन्धु समाज, मकवानपुरका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षता, जेष्ठ ढकाल बन्धु बिष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा खानेपानी ब्यबस्थापन बोर्डका प्रमुख सुदर्शन ढकाल, नेपाली काङ्ग्रेस, मकवानपुरका जिल्ला सचिब आनन्द कठायत, सिद्धार्थ माबिका अध्यक्ष मधु क्षेत्री र प्रधान्याध्यापक मोहन प्रसाद शर्माको आतिथ्यता रहेको थियो ।

ढकाल बन्धु समाजका अध्यक्ष पुरुषोत्तम ढकालले धेरै ढकाल बन्धुहरुको लगानीबाट भवन बनाउन सम्भब भएको र सोफा तथा पर्दा थप सहयोग गर्ने बचनबद्दता व्यक्त गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि बिष्णु प्रसाद ढकाल, मन्दिरका अध्यक्ष राममान श्रेष्ठ, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, ढकाल बन्धु समाजका सचिबलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बनस्खण्डी देवी संरक्षण समितिका पदाधिकारी र सदस्यहरु त्यसैगरी ढकाल बन्धु समाज, मकवानपुरका पदाधिकारी र सदस्यहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...