News Portal

प्रदेश–३ को सुरक्षा गोष्ठी हेटौंडामा, गृहमन्त्री रामबहादुर थापा आउने

भूगोल संवाददाता
८६ पटक

मकवानपुर । गृहमन्त्रालयले प्रदेश–३ मा पनि सुरक्षा गोष्ठीको आयोजना गर्ने भएको छ । अन्य प्रदेशमा सुरक्षा गोष्ठी गरेपनि प्रदेश–३ मा हुन सकेको थिएन् ।

वैशाख ३ र ४ गते प्रदेश– ३ को राजधानी हेटौंडामा सुरक्षा गोष्ठी हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । उनका अनुसार सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापाको सहभागिता रहने छ ।

जिल्ला प्रशासन गोष्ठीका लागि आवश्यक तयारीमा लागेको तामाङले जानकारी दिए । गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अनुसन्धानका प्रमुख, तथा सेनाको उच्च पदस्थ पदाधिकारीहरु सहभागि हुने जनाइएको छ ।

सुरक्षा गोष्ठी ३ गतेबाट सुरु हुनेभएपनि औपचारिक उद्घाटन भने ४ गते हुने प्रजिअ तामाङ्ले जानकारी दिएका छन् । पछिल्लो समयमा विकसित घटनाक्रममा सुरक्षा निकाय कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...