News Portal

नयाँ वर्षलाई सेयर बजारको स्वागत, बजार ४.७० अंकले बढ्यो

भूगोल संवाददाता
३४ पटक

काठमाडौं । नयाँ बर्षलाई सेयर बजारले स्वागत गरेको छ ।

वर्ष २०७६ को दोस्रो दिन (बैशाख २) सेयर बजारमा हरियाली देखिएको छ । बजार ४.७० अंकले बढेर ११८८.७१ बिन्दुमा अडिएको छ । यद्यपि कारोबार रकम भने खासै बढेको छैन । यस दिन ३० करोड ४५ लाख ७६ हजार ७ सय ८२ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबामा १६५ कम्पनी सामेल भए । आज बैकिङ समुह (५.८९ अंक), होटल समुह (२२.४९ अंक), विकास बैंक समुह (४.१३ अंक), निर्जिवनबिमा समुह(६.९५ अंक), उत्पादन तथा प्रशोधन समुह (१०.३५ अंक) र माइक्रो फाइनान्स समुह (४२.४४ अंक) मा हरियाली छाएको छ ।

यता जलविद्युत, फाइनान्स, जीवन बिमा समुह र अन्य समुहमा भने गिरावट आएको छ । आज सबैभन्दा बढी नेको इन्सुरेन्सको कारोबार भएको छ । नेकोको २ करोड ७५ लाख ५० हजार रुपैयाँँ बराबरको सेयर कारोबार भएको छ । कुमारी बैंकको १ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...