News Portal

नेपालमा मात्र नभएर भारतमा समेत प्रितमको चर्चा चुलियो

भूगोल संवाददाता
९३ पटक

इटहरीका बालगायक प्रितम आचार्य सानैदेखि गीत गाउँथे। विश्व आदर्श स्कुलमा अध्ययनरत उनले केही समयअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको सुरशाला नामक रियालिटी सोमा प्रतिस्पर्धा गरे।

जसको फाइनलमा उनी देशभरकै प्रतिस्पर्धीहरूमा दोस्रो बने। इटहरी र वरिपरि हुने विभिन्न कार्यक्रममा प्रस्तुति दिएर वाहवाही बटुलिरहेका उनले सोचेजस्तो ठाउँ भने पाइरहेका थिएनन्। त्यस्तैमा भारतीय च्यानल जीटीभीबाट प्रसारण हुने बाल गायनको रियालिटी सो सारेगमप लिटिल च्याम्सको लागि अडिसन सुरु भयो। अडिसनमा उनले पनि भिड्ने निर्णय गरे। ‘नेपालबाट आएको भनेपछि सबैले माया गर्नुभयो,’ उनले भने, ‘मेरो क्लासमा पनि गुरुहरूले राम्रो गाउँछौ भनेर भन्नुभएको छ।’

अडिसनका सबै राउन्ड पार गरेर प्रितम अहिले प्रस्तुति दिने क्रममा छन्। उनले पहिलो कार्यक्रममा प्रस्तुतिसमेत दिइसकेका छन्। उक्त प्रस्तुतिको प्रोमो यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ र केही समयमै पूरै कार्यक्रम प्रसारण हुँदैछ।

प्रोमोमा उनको गायकीलाई लिएर जज (निर्णायक) हरू छक्क परेको र उनलाई स्टेजमै गएर उचालेको दृश्य समेटिएको छ। ‘मलाई काँधमा बोकेर तिमी एउटा भगवान्को बच्चा हौ भनेर भन्नुभयो,’ उनले जजहरूबाट पाएको प्रतिक्रिया साटे, ‘मलाई सिल्भर मेडल पनि दिनुभयो, यसको महत्त्व धेरै छ।’

जीटीभीले हालेको उक्त प्रोमोको कारण नेपालमा मात्र नभएर भारतमा समेत उनको ख्याति चुलिएको छ। प्रोमो सामाजिक सञ्जालबाट भाइरल भइरहेकै समयमा उनी आफ्नो घर इटहरी आएका छन्। लिटिल च्याम्सको टप ३० मा पुग्न सफल आचार्य जीटीभीको टोलीसहित इटहरी आइपुगेका हुन्। इटहरी आउने क्रममा उनलाई लिनको लागि इटहरीबाट टोली नै काँकडभिट्टा नाका पुगेको थियो।

इटहरी उपमहानगरपालिकामा मेयर द्वारिकलाल चौधरी, पूर्वसांसद रेवतीरमण भण्डारी, इटहरीका प्रमुख प्रशासकीय अधिकृत केशव विमलीलगायतले उनलाई स्वागत गरे। सम्मान थाप्दै प्रितमले आफूले इटहरी र नेपालको नाम विश्वभर फैलाउन चाहेको बताए। ‘मेयरसाबले दिनुभएको झन्डा अहिले प्रितमले बोकेरै ल्याएका छन्,’ कार्यक्रमको अनौपचारिक उद्घोषण गरेका इटहरीका संगीतकर्मी राजु केसीले भने, ‘प्रितमलाई अब हामीहरूको मायाको अझ बढी खाँचो छ।’ संगीत साधना प्रतिष्ठान इटहरीका महासचिवसमेत रहेका केसीले यतिखेर भारतीय रियालिटी सोमा पुग्ने नेपालका एकमात्र प्रतिस्पर्धी भएको कारण प्रितमलाई नेपालभरबाटै सहयोग र सद्भाव मिल्ने विश्वास व्यक्त गरे।

प्रितम हिन्दी धेरै जान्दैनन्। तर पनि प्रतियोगिताका लागि आफूले सकेसम्म राम्रो बोल्ने प्रयास गरेको उनले बताए। ‘हिन्दी बोल्न त धेरै आउँदैन, अलि अलि काटकुट पारेर बोलेँ,’ उनले भने।

२०७५ माघ १५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...