News Portal

  • धावनमार्गमै चिप्लियो विमान, यस्तो छ यात्रुको अबस्था

    भूगोल संवाददाता
    १०२८ पटक

    काठमाडौं । भारतको नयाँ दिल्लीबाट जापान पुगेको जापान एयरलाइन्सको विमान शुक्रवार नारिता विमानस्थलमा धावनमार्गमा चिप्लिएको छ । हिउँका कारण चिप्लो भएको धावनमार्गमा विमान चिप्लिएको हो ।

    अधिकारीहरूले यसको जानकारी दिएका हुन् । नारिता विमानस्थललाई केही समयका लागि बन्द गरियो । विमानस्थल प्रवक्ताले बताएअनुसार, विमानमा २०१ यात्री र चालक दलका सदस्यहरू थिए र उनीहरूलाई बोइङ ७८७ बाट सुरक्षित उतारिएको छ । प्रवक्ता काजुहिको मोरियोले घटनाका कारण विमानस्थल प्रशासनले दुई

    धावनमार्गमध्ये एकलाई स्थानीय समयअनुसार बिहान ७ बजे एक घन्टाका लागि बन्द गरेको हो । विमानलाई सुरक्षा क्षेत्रबाट बाहिर लैजाँदा फेरि धावनमार्ग बन्द गरियो । घटनाको कारण स्पष्ट छैन तर सरकारी प्रसारण संस्था एनएचकेले विमानको एक पांग्रा धावनमार्गमा जमेको हिउँको डल्लोमा परेर चिप्लिएको जनायो ।

    जापानको मौसम विभागले नारिता विमानस्थल वरिपरि पूर्वी जापानको कान्तो क्षेत्रमा हिमपातको अनुमान गरेको छ । टीभी फूटेजमा विमानस्थलको मैदानमा केही हिउँ देखिएको छ । तर अहिले धावनमार्ग र विमान अड्याउने स्थानमा हिउँ हटाइएको छ । एजेन्सी

    २०७५ माघ १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...